एकै घरको तीन जनाको मृत्यु

अमरराज नहर्की

तनहुँ, वैशाख १४ गते ।

तनहुँमा एकै घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको छ । व्यास नगरपालिका १ भादगाउँ निवासी एकै घरका तीनै जनाको शंकास्पद मृत्यु भएको छ । ३५ वर्षीय कोपिला श्रेष्ठ, उहाँका १५ वर्षीय छोरा विपिन श्रेष्ठ र छोरी ११ वर्षीय प्रिया श्रेष्ठको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । ऋषिङ्ग गाउँपालिका– १ को कोइदिम घाटको सेती नदी किनारमा शनिबार छोरी र वडा नं. ३ मा आमा कोपिला श्रेष्ठको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिनुभयो । कोपिलाका छोरा विपिन भने वैशाख १३ गते घरमै मृत अवस्थामा भेटिनु भएको थियो । पुरानो चप्पल लगाएर कोपिला छोरी लिएर वैशाख १० गतेदेखि वेपत्ता भएकाले उनको तिब्र खोजी भइरहेको थियो । त्यसको ३ दिनपछि उनका छोरा विपिन घरमै मृत अवस्थामा भेटिएका हुन । बिपिनको घाटीमा निलडाम रहेको प्रहरीले जनाएको छ ।

कोपिलाकी छोरी प्रियाको लाश शनिबार बिहान सेती नदी किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसको केही बेर पछि नै सेती नदी किनारमै आमा कोपिलाको समेत शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । दुवै छोराछोरी शारीरिक अपाङ्ग रहेकाले कोपिला विरक्तिदै आएको गाउँलेहरुले बताए । उहाँको श्रीमान भारतमा सिआरबी प्रहरीमा कार्यरत हुनुुहुन्छ ।

श्रीमानलाई खबर भएपनि सिमा बन्दले गर्दा घर आउन नपाएको वडा नं. १ का वडा सदस्य चुडामणि दाहालले जानकारी दिनुभयो । घटना रहस्यमय भएपनि आमाले नै छोराको हत्या गरी छोरीलाई लिएर सेती नदीमा फाल हालेको हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । घरमा विषका बोत्तलहरु समेत रहेको बताइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटना बारे सबै कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । घटना रहस्यमय नै रहेकाले अनुसन्धान तिब्र बनाईएको लामिछानेले बताउनुभयो ।

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.