भण्डारीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण,, गाउँपालिकाको विपद् कोषलाई कांग्रेस तनहुँको ३० हजार रुपैंया आर्थिक सहयोग ।।

आँबुखैरेनी, बैंशाख १३ गते ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाइरसको रोकथाम तथा न्यूनिकरणको लागि तरुण दल विभाग प्रमुख समेत रहनुभएका भण्डारीले एक कार्यक्रमकाबीच गाउँपालिकालाई आज(शनिबार) स्वास्थ्य सामाग्री अन्तर्गत स्यानीटाईजर, पि.पि.ई. र मास्क हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदी लगाएतको उपस्थितीमा सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, आज नै नेपाली कांग्रेस जिल्ला कार्य समिती तनहुँले गाउँपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषलाई सहयोग रकम हस्तान्तरण गरेको छ । समितीका सचिव विश्व बास्तोलाले सो कोषमा जम्मा गर्ने गरी नगद ३० हजार रुपैंया हस्तान्तरण गरेको हो । यो सहयोग रकम सँगैं आँबुखैरेनी गाउँपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३१ लाख ५० हजार २ सय ८६ रुपैंया संकलन भएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत निरज श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.