आँबुखैरेनी, बैशाख १३ गते ।
आँबुखैरेनीका दुई युवा समाजसेवीले गत पौष २८ गते मृगौंला रोगबाट ज्यान गुमाएका स्वर्गीय गणेश भुजेलको परिवारलाई आज(शनिबार) खाद्यन्न सामाग्री बितरण गरेका छन् । पछिल्लो समयमा समाजसेवा तथा मानवसेवामा सक्रिय रहेका युवा समाजसेवी दिनेश के.सी. र बादल थकालीले स्वर्गीय भुजेलको श्रीमती सृजना भुजेललाई आँबुखैरेनी–३, पिप्ले स्थित उनी कोठा भाडामा बस्दै आएको स्थानमा गएर विभिन्न खाद्यन्न सामाग्री बितरण गरेका हुन् । कुनै पनि आयश्रोत नभएको, आफुलाई घर तथा माईत पक्षबाट कहिल्यै, कुनै पनि सहयोग नगर्ने र लकडाउनले थप दैनिक जिवन कष्टकर हुदै गएको बताएपछि सृजना भुजेललाई राहत स्वरुप विभिन्न खाद्यन्न सामाग्री बितरण गरिएको द्वोय समाजसेवीले जानकारी दिएका छन् । विभिन्न खाद्यन्न सामाग्री अन्तर्गत उनलाई २५ किलोको १ बोरा चामल, १ कार्टुन चाउचाउ, १ क्रेट अण्डा, ५ किलो दाल, ४ पोका तेल, २ किलो चिउरा र २ पोका नुुन बितरण गरिएको हो । आगामी दिनमा आवश्यक परेको खण्डमा अन्य सहयोग समेत गर्ने द्वोय युवा समाजसेवीले प्रतिबद्धता जनाएका छन् ।