आँबुखैरेनी, १२ बैंशाख ।
युकेमा रहनुभएका सन्देश पन्तको आर्थिक सहयोगमा आँबुखैरेनी गाउँपालिकाको २ वटा वडाका ३० घरधुरीलाई खाद्यन्न सामाग्री बितरण गरिएको छ । गोरखा छेवेटार घर भएका पन्तको आर्थिक सहयोग तथा युवा समाजसेवी दिनेश के.सी., बादल थकाली र बिनय के.सी.को पहलमा लकडाउन प्रभावित विपन्न वर्ग भएका वडा–२ खानीखोलाका २० घरधुरी र वडा नं. ३ को अमिले टोलका १० घरधुरीलाई आज (शुक्रबार) खाद्यन्न सामाग्री बितरण गरिएको हो । लकडाउन प्रभावित विपन्न वर्गका प्रत्येक घरधुरीलाई १० किलो चामल, २ पोका तेल, डेढ किलो दाल र १ पोका नुन राहत स्वरुप बितरण गरिएको युवा समाजसेवी बादल थकालीले जानकारी दिनुभयो ।