रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ११, गोरखा
गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा बैशाख ५ र ६ गतेकोे बर्षा र हुरीबतासका कारण फलफूल खेतीमा भएको क्षतिको बिवरण संकलन गर्ने कार्य भइरहेको छ । हावाहुरीका कारण सो क्षेत्रमा मात्रै करोडौंको क्षति भएको छ ।
हावाहुुरीका कारण करीब सयौंको सयौं किसानहरुका बारीमा लगाइएको केरा तथा लिचीमा धेरै क्षति पुगेको छ । क्षतिको विवरण नगरपालिकाकी उप प्रमुख पम्फा बसेलको नेतृत्वमा वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, नगर कृषि कार्यालयका प्रतिनिधी, स्थानीय प्रशासन सहितको टोलीले किसानका घर घरमा पुगेर क्षतिको बिवरण संकलन गरेको छ । प्रारम्भिक बिवरण अनुुसार करोडौंको क्षति भएको अनुमान गरिएको छ भने बिस्तृत बिवरण आउन भने केही दिन लाग्ने बताइएको छ ।