गोरखा, १० बैशाख ।
पटका पड्काउँदा शहीद लखन गाउँपालिका ७ गरञ्जागाउँका एक युवाको दुईवटा औला चुँडिएको छ । बुधबार साँझ पौने सातबजेतिर खेल्ने क्रममा पटका पड्काउँदा २० बर्षका अनील थापाको देब्रे हातको दुई वटा औँला चुँडिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । तिहारमा पड्काउने उद्देश्यले ल्याएको पटका खेलाँची गरी पड्काउन लाग्दा हातमै पड्किएर औँला चुडिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । गोरखा सदरमुकामको एपोलो अस्पतालमा उनको उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । थप अनुसन्धानका लागि उनको घरमा प्रहरी पठाइएको एसपी अधिकारीले बताए ।