सामूहिक क्वारेन्टाइनमा १४ दिन बसेका ७ जनाको रिपोर्ट नेगेटिभ

राजेन्द्र न्यौपाने

गोरखा, १० बैशाख ।

शहिद लखन गाउँपालिका स्थित वडा नंंं. ५ को जलदेवी मा.वि. क्वारेन्टाईनमा रहेका ४ जना, वडा नं. ६ स्थित हिमालय मा.वि.को क्वारेन्टाईनमा रहेका २ जना र रेन्जेली महिला समूहको भवनमा बसेका १ जना गरि जम्मा ७ जनाले सामुहिक क्वारेन्टाईनमा बसेका नागरिकहरु १४ दिन पूरा गरेपछि आज किटबाट कोरोनाभाईरस भए नभएको परीक्षण पश्चात सम्बन्धित वडा अध्यक्षको रोहवरमा घर पठाइएको छ । र्यापिड डाइग्नोस्टिक टेस्टको क्रममा ७ जना कै नजिता नेगेटिभ देखिएपछि उनीहरुलाई छाडिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

परिक्षण बुंकोट स्वास्थ्य चौकीमा कार्यरत ल्यावटेक्निसियन कञ्चना थापा मगर र स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठको सहयोगमा गरिएको थियो । उनीहरुलाई थप ७ दिन घरमा सुरक्षित रहने गरि बस्ने व्यवस्था सहित पठाइएको वडा नं. ५ का अध्यक्ष यम बहादुर राना मगरले बताए । सामुहिक क्वारेन्टाईनमा बस्नेहरुको परीक्षणका लागि २५ वटा कीट जिल्ला स्वास्थ्य कार्यलय गोरखाले उपलब्ध गराएको अध्यक्ष थापाले बताए । किट उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय गोरखा, स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धन्यवाद प्रदान गरेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.