Gorkha Sansar

गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई आजदेखि स्यानिटाइजर छरेर मात्र प्रवेश ।।

आँबुखैरेनी, ९ बैंशाख ।

गण्डकी प्रदेशको प्रवेशद्धार मुग्लिङ्गपुल हुदै भित्रिने सम्पूर्ण सवारी साधनलाई आजदेखि स्यानिटाइजर छरेर प्रवेश गराईएको छ । प्रदेश सरकारको आग्रहमा आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय तनहुँ, कृषि ज्ञान केन्द्र तनहुँ, भेटेनरी अस्पताल तनहुँको सहयोगमा गण्डकी प्रदेशको मुख्य नाका मुग्लिङ्ग पुल हुदै आँबुखैरेनी गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधन, चालक तथा यात्रुलाई स्यानिटाइजर छरेर मात्र गण्डकी प्रदेश प्रवेश गराईएको हो । कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उच्च जोखिमको सम्भाव्यतालाई मध्यनजर गर्दैै थप सतर्कताका लागि सवारी साधनमा स्यानिटाइजर छर्ने कार्यक्रम संचालन गरिएको आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई स्यानिटाइजर छरेर सो कार्यक्रमको सुभारम्भ गर्नुभएको उहाँले बताउनुभएको छ । स्यानिटाइजर छर्नका लागि खटिने कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले पारिश्रमिकको व्यवस्था गरेको छ,भने अन्य व्यवस्थापन आँबुखैरेनी गाउँपालिकाले गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.