पालुङ्टारबाट ३२ कामदार बाहिरिए, नगर प्रमुख, उप प्रमुख तथा वडाध्यक्षले सहयोग गरे

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ८, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकाबाट ३२ जना कामदार वडा नं. ७ को च्याङ्ली नाकाबाट बाहिरिएका छन् । बाहिरिने क्रममा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख एवं वडा नं. ७ का वडाध्यक्ष ले सहयोग गरेका थिए ।
भूकम्पपश्चात पुन निर्माणको क्रममा कैलाली जिल्ला घर भई गोरखाको विभिन्न विद्यालयहरु बनाउने क्रममा यतिबेला नगरपालिकाको वडा नं. ४ स्थित अमर ज्योति मा.वि. लुइटेलको विद्यालय भवन निर्माण गर्दै गरेका कामदारहरु नेपाल सरकारले गरेको लकडाउन पछि घर जाने कुनै उपाय नभएका कारण हिँडेरै घर जाने निधो गरी वडा नं. ७ को नाकाबाट बाहिरिन लागेको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले थाहा पाएपछि नगरपालिका कार्यालयमा खबर गरी नगर प्रमुख दिपक बाबु कंडेल, उप प्रमुख पम्फा बसेल र वडाध्यक्ष श्रेष्ठले पहल गरी गाडी चढाएर पठाएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
लामोसमयदेखि लकडाउनका कारण घरमा जान कुनै सवारी साधन नपाएपछि जति दिन लागेपनि हिँडेरै जान तयार भएका कामदारहरुले गाडी चढेर जान पाउँदा खुसी व्यक्त गरेका थिए । उनीहरुले काम गरिरहेको ठाउँमा पुगेरै हिजो नै नगरपालिकाको तर्फबाट उनीहरुलाई १ महिना सम्म पुग्ने खाद्यान्न पुर्याएको नगर प्रमुख इ दिपकबाबु कंडेलले बताउनुभयो । तर एक्कासी आज वडा नंं. ७ को नाका हुँदै बाहिरिन लागेको थाहा पाउने वित्तिकै आफूले उनीहरुलाई भेटेर फर्काउने कोसिस गरेको तर उनीहरु फर्कन नमानेपछि नगरपालिकाकै खर्चमा गाडी खोजेर नारायणगढसम्म पुर्याउने व्यवस्था मिलाइदिएको र सम्बन्धि पालिकाको प्रमुख तथा उपप्रमुख संग कुराकानी समेत गरेर सहजीकरण समेत गरिदिएको नगरप्रमुख कंडेलले बताउनुभयो । त्यस्तै गरी उनीहरुलाई बाटोमा खानको लागि विस्कुट, पानी लगायतका खानेकुरा समेत किनेर दिइपठाएको नगर प्रमुख कंडेलले बताउनुभयो । त्यस्तै गरी उनीहरुलाई पठाउने क्रममा स्थानीय प्रहरी प्रशासनले समेत सहजीकरण गरेको थियो ।
घर जाने टोलीमा १० महिला र २२ पुरुष गरी ३२ जना रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.