गोरखामा १८८ जनाको RDT परीक्षण सम्पन्न, ४ जनाको PCR रिपोर्ट आउन बाँकी

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ५, गोरखा

गोरखा जिल्लाभरका १८८ जनाको RDT परीक्षण सम्पन्न गरिएको छ भने ४ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।
बिश्वव्यापी रुपमा कोरोना को संक्रमण देखिएसंगै नेपालमा पनि विदेशबाट आएकाहरुमा कोरोनाको संक्रमण देखिएका कारण गत चैत्र १ गते यता विभिन्न देशबाट आएकाहरुको कोरोना परीक्षण देशव्यापी रुपमा गर्न थालिएको छ । त्यसै अन्तर्गत गोरखा जिल्लामा पनि सवै स्थानीय तहहरुमा पुगी आर डि टी परीक्षण गर्ने क्रममा अहिलेसम्म ३ वटा स्थानीय तहबाहेक सवैमा परीक्षण गरिसकिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अहिलेसम्म परीक्षण गरिएका १८८ जनामध्ये २० जनाको पि.सि.आर. प्रविधीबाट समेत परीक्षण गरिएको र कसैकोमा पनि कोरोना पोजेटिभ देखिएको छैन । PCR परीक्षणको लागि राष्टिय परीक्षण प्रयोगशालामा पठाइएकामध्ये ४ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उहाँले बताउनुभएको छ ।
अब परीक्षण गर्न बाँकी रहेका स्थानीय तहहरुमा गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका र चुमनुब्री गाउँपालिका रहेका छन् । सवै पालिकाहरुमा ८ गतेसम्ममा परीक्षण सकिने पनि जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख तामाङ्ले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.