[REQ_ERR: 502] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. पालुङ्टारमा कोरोनाको आर डि टी जाँच १७ जनाको नेगेटिभ २३ को नतीजा भोलि आउने - Gorkha Sansar

Gorkha Sansar

पालुङ्टारमा कोरोनाको आर डि टी जाँच १७ जनाको नेगेटिभ २३ को नतीजा भोलि आउने

गोरखा संसार
बैशाख ४, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकामा विदेशबाट आएर बसेकाहरुको को RDT कोरोना परीक्षण गर्दा एक केन्द्रमा परीक्षण गरिएका १७ जनाका नतीजा नेगेटिभ देखिएको छ भने अर्को एक केन्द्रमा गरिएको २७ जनाको नतीजा भोलि आउनेछ ।
नगरपालिकाले गत चैत्र १ गतेदेखि विभिन्न मुुलुकबाट आई घरमै होम क्वारेन्टाइनमा बसेकाहरुको सूची तयार गरी नगरपालिका भित्र २ केन्द्रमा विभाजन गरी परीक्षण गरेको थियो ।
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड(१९ RDT कीट टेस्ट परिक्षण पालुङटार नगरपालिका स्थित खत्रीटार शहरी स्वास्थ केन्द्र पा न पा -७, र बर्थिङ सेन्टर पा न पा-५, ठाटीपोखरिमा आज गरिएको थियो । नगरपालिकाभित्र विदेशबाट आएकाहरुमा कोरोना हुनसक्ने र त्यसबाट सर्वसाधारण समेत त्रसित हुने हुँदा परीक्षण गरिएको नगरपालिकाका नगरप्रमुख इ. दिपक बाबु कंडेलले बताउनुभयो । खत्रीटार शहरी स्वास्थ्य केन्द्रमा १७ जनाको र बर्थिङ सेन्टर ठाँटीपोखरीमा २३ जना गरी कूल ४० जनाको परिक्षण सम्पन्न गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख उदय बहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म विदेशबाट आएकाहरुको कोरोना परीक्षण गर्दा नेगेटिभ आएपछि अब पालुङ्टार बासी त्रसित हुनुनपर्ने बताउनुभयो । यसका साथै अब लकडाउनलाई पूर्ण रुपमा पालना गरी बाहिरबाट आउने मानिसहरुलाई कडाई गरेमा सुरक्षित रहन सकिने बताउनुभयो ।
कोरानाका कारण विश्व त्रसित भएपछि गण्डकी प्रदेश सरकारले सबै जिल्लास्थित स्वास्थ्य कार्यालयलाई परीक्षण किट प्रदान गरेको थियो । नगरपालिकाले कोही कसैलाई समस्या आएमा वा होम क्वारेन्टाइनमा बस्न समस्या हुने भएमा नगरपालिकाका विभिन्न स्थानहरुमा मापदण्ड अनुसारको क्वारेन्टाइन समेत निर्माण गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.