Gorkha Sansar

१४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइमा राखियाे

काठमाडौं : बारामा १४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइमा राखिएको छ।लुकिछिपी भारत जान लागेका उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

चितवनको टाँडीबाट साइकलमा आएका नौ जना भारतीय नागरिकलाई बाराको छतवा नाकाबाट लुकिछिपी भारततर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको थियो।

यसैगरी, काठमाडौंबाट भारतको मुज्जफ्फरपुरतर्फ जान खोजेका पाँच जना भारतीय नागरिकलाई पनि आजै बाराको बसतपुर नाकाबाट पक्राउ गरिएको थियो।

नियन्त्रणमा लिइएका १४ जनालाई नै कलैयाको शैक्षिक तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए।

प्रजिअ पण्डितका अनुसार आज बारामा लकडाउन उलंघन गर्ने २५ सवारी साधन र १३ जना व्यक्तिाई कारबाही गरिएको छ।

थप समाचार

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • भ्रष्टाचारको आरोप: डोल्पाका प्राविधिक कार्यालयका प्रमुख र चार जनाविरुद्ध उजुरी

  • नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

  • खोलामा चिप्लिएर एक महिलाको मृत्यु

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

  • मुलुकभर डेंगी, १४०० बढी संक्रमित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.