आँबुखैरेनी, २४ चैत ।
आँबुखैरेनी गाउँपालिका–३, तनहुँ निवासी युवा समाजसेवी अभियान श्रेष्ठले लकडाउन प्रभावित बिपन्न वर्गलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका–५, लाब्दी र भोटेसरामा दैनिक ज्याला–मजदुरी गरेर जीवन निर्वाह गरिरहेका श्रमिक तथा विपन्न वर्गका ६१ घरधुरीलाई आईतबार राहत स्वरुप खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो । प्रत्येक श्रमिक तथा विपन्न वर्गका घरधुरीलाई १५ किलो चामल, १ पोका नुन, १ किलो दाल लगाएतका खाद्यन्न सामाग्री वितरण गरिएको युवा समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, उहाँले आँबुखैरेनी तल्लोबजारमा ३० थान सेनिटाईजर, ३० थान मास्क र लाब्दी, भोटेसरामा १० थान सेनिटाईजर, ६१ थान डेटोल साबुन १०० थान मास्क वितरण गर्नुभएको थियो ।