चितवनमा कोरोना प्रयोगशाला आजदेखि सञ्चालनमा, १ दिनमा ९ सय नमुना परीक्षण गर्न सकिने

चितवन : परीक्षणको दायरा बढाउँदै चितवनकाे भरतपुर -१० स्थित वाईपास राेडमा रहेकाे राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा आजबाट कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। विज्ञ सहितको अन्य प्राविधिक टोलीले शुक्रवार र शनिवार साँझसम्म प्रयोगशालाका उपकरण जडानगरि अन्य बाँकी रहेका काम सकेर आजदेखि प्रयोगशाला सञ्चालनमा आएको हो ।                              बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अंकोलोजी विभागीय प्रमुख एवम् भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा कृष्ण सागर शर्माले दिउँसो औपचारिक कार्यक्रमगरि आजदेखि प्रयोगशाला शुभारम्भ गर्न  लागिएको जानकारी दिए ।

नमुना परीक्षण सकेसम्म आजदेखि नै गर्ने योजना रहेको बताए । शनिवार प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कन्ट्रोल तथा स्ट्यान्डर टेष्ट भएको छ । जसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका सिनियर भाइरोलोजिस्ट विमलेश झाको नेतृत्वमा तीव्र रूपमा काम भएको उनले बताए । प्रयोगशाला सञ्चालनको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट मदन पाण्डे र पुरानो मेडिकल कलेज भरतपुरका  वायो टेक्नोलोजिस्ट डा ब्रजेस झालाई फोकल पर्सनका रुपमा  जिम्मेवारी दिइएको उनले जानकारी दिए । एक पटकमा ३ सयका दरले २४ घण्टा ( १ दिन ) मा ९ सय नमुना परीक्षण गर्न सकिन्छ । आवश्यक परेको खण्डमा यसको क्षमता बढाउदैं लैजान्छैं ।

प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि विज्ञ सहितको ७ सदस्यीय टोलि गठनगरि काम भैरहेको छ, उनले भने । भरतपुर महानगरपालिका लगायतका जनताको चाहना पुरा गर्ने महानगर प्रमुख रेणु दाहालको दृढता, स्वास्थ्यमन्त्री एवं बिज्ञ टोलीको सक्रियता र सबै क्षेत्रको सहयोगको कारण भरतपुरमा कोरोना भाइरस परीक्षण ल्याब स्थापना गर्न सफल भएको संयोजक डा शर्माले जानकारी दिए ।

बिहीवार स्वास्थ्य मन्त्रालय सहितको स्थानीय सरोकारवाला टोलीले प्रयोगशाला कहाँ बनाउने भन्ने बारे निरीक्षण गरेको थियो । निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरलाई उपयुक्त भएको जनाएको थियो ।  भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि चितवनबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ र केही दिनयता हेटौडा पठाइदै आएको थियो ।

जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । अब चितवनबाट कोरोना परीक्षण सुरु भएसँगै त्यसले बिरामी पत्ता लगाउन सहज हुने छ । यदि पोजेटिभ आइहालेमा बिरामीले उपचारपनि समयमै पाउने छन् । यसअघि नेपालको मध्य भागमा रहेको मेडिकल सिटी चितवनमा कोरोना भाइरस (कोभिड–१९) को जाँच गर्ने प्रयोगशाला बनाउनुपर्ने भन्दैं चौतर्फी रूपमा माग गरिएको थियो ।

देशको मध्यभागमा रहेको चितवनमा १ कोरोना विशेष अस्थायी अस्पताल, भरतपुर केन्द्रीय अस्पताल , दुइ ठुला मेडिकल कलेजहरू चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल लगाएत निजी तथा सरकारी गरि थुप्रै साना ठुला अस्पताल रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.