Gorkha Sansar

डिउटीमा रहेको प्रहरी नै असुरक्षित

आँबुखैरेनी, १३ चैत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले एकसाताको लागि देश पुरै लकडाउन गरेको छ। तर लकडाउनको निर्देशन पालनका लागि सडकमा खटिएका प्रहरीहरु नै कोरोना भाईसको संक्रमणबाट असुरक्षित रहेको देखिएको छ।
कोरोना भाईरसको संक्रमितसँग विशेष पोसाक लगाई निश्चित दुरी कायम गर्नुपर्ने हुन्छ। तर डिउटीमा खटिएका प्रहरीहरु सामान्य माक्स र कपडाको भरमा रहेको हुदा उनीहरु नै संक्रमित हुने जोखिममा परेको छ। यसले त्रासमा डिउटी गर्नुपरेको प्रहरीहरुको गुनासो छ। हातमा लगाउने पञ्जाको पनि अभाव रहेको उनीहरु बताउछन्।
प्रहरी जवानहरुको केहि आवश्यक वस्तुहरुको पूर्तीको लागि स्थानीय सरकारसँग अनुरोध गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीले बताउनुभएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.