बिदेशबाट फर्केकाहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

गोरखा, ११ चैत ।

जिल्लाको भीमसेन थापा गाउँपालिका वडा न ७ बोर्लाङ्गले बिदेशबाट फर्केकाहरुलार्इ सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । वडा कार्यालयले मङ्गलबार (आज) स्वास्थ्यकर्मी, बुद्धिजीवी लगायतको उपस्थितीमा बसेको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘बिदेशबाट र काठमाण्डौबाट आएकाहरुमा अलि बढि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम हुनसक्छ, त्यसैले उनिहरुलाइ अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौ’उहाले भन्नुभयो । सकेसम्म घरपरिवारबाट पनि टाढा र समाजका अन्य व्यक्तिहरु सङ्ग पनि १४ दिनसम्म घुलमिल नहुन आग्रह गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बिदेशबाट फर्केका केही व्यक्तिहरु भने आएको दिनदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । ‘संक्रमणको कुनै आशंका नभएपनी समाज र परिवारको स्वास्थ्यको ख्याल गर्दै उनिहरु १४ दिनसम्मका लागि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ’वडाध्यक्ष श्रेष्ठले भन्नू भयो । वडा कार्यालयले सबै पसलहरु बन्द गर्न भीडभाड नगर्न र घरबाट बाहिर ननिस्कन समेत निर्देशन दिएको छ ।

वडाले कोरोना रोकथामका लागि माइकिङ्ग गरेर सुसुचित समेत गराएको छ । वडा कार्यलयले भोलि २ हजार थान मास्क लगायत स्वास्थ्य सस्थामा साबुन समेत बितरण गर्ने उहाले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.