Gorkha Sansar

फ्रान्सबाट फर्किएकी एक नेपाली बिद्यार्थीलाई कोरोना भाइरस पुष्टि

चैत्र १० काठमाडौं । काठमाडौंमा एक जनामा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमण देखिएको छ।

सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो। फ्रान्सबाट चैत ४ गते मंगलवार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनी होम क्वारेन्टाइनमा थिइन्।

हिजो टेकुको प्रयोगशालमा ल्याव परीक्षणमा पोजेटिभ देखा परेको हो।यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि घर फर्किसकेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.