२१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

काठमाडौं । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको हो ।

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.