Gorkha Sansar

अांपपिपल अस्पतालमा पनि अाइसाेलेसन वार्ड

 

 

गाेरखा संसार

पालुङटार नगरपालिकाको सहयोग र समन्वयमा आपपिपल अस्पताल गोरखाले कोरोना भाईरस (COVID-19) बाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आईसोलेसन वार्डको स्थापना गरेको छ ।

अस्पतालमा ४ वटा बेड र आवश्यक औषधि उपकरण सहितको आईसोलेसन वार्ड स्थापना गरिएको हो | Attached Toilet Bathroom का साथै छुट्टै स्नान कक्ष सहितको आईसोलेसन वार्डको स्थापना गरिएको छ |

नगर प्रमुख ई. दीपक बाबु कंडेल ज्यु ले उक्त कक्षको अनुगमन तथा निरिक्षण गर्दै बिश्वभर फैलिरहेको कोरोना भाईरसबाट बच्नको लागि सबैले सतर्कता अपनाउनु पर्ने साथै व्यक्तिगत सरसफाईमा ध्यान दिदै सचेत रहनुपर्नेमा जोड दिनु भयो |

त्यस्तै गरि अस्पतालमा आजै देखि स्तनपान कक्षको समेत स्थापना गरिएको छ। बच्चा जन्मे देखि २ बर्ष सम्म निरन्तर आमाको दुध खुवाउनु पर्ने भएकोले अस्पताल आउने आमा हरुले आफ्नो बच्चालाई खुल्ला ठाउमा स्तनपान गराउन असहज हुने हुदा स्तनपान कक्षको स्थापना गरिएको हो |

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.