नारेश्वरमा आगलागीबाट २ लाख रुपैया बराबरको क्षती

गोरखा २ चैत ।

गोरखा नगरपालिका–३ नारेश्वरमा गएराती एक घरमा भएको आगलागीबाट २ लाख रुपैया बराबरको क्षती पुगेको छ । नारेश्वर स्थित करुणानिधि कोइरालाको घरमा बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी निरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । आगलागीबाट कोइरालाको ढुङगा माटोले बनेको तथा ढुङगाको छाना भएको कच्चीघर पूर्ण रुपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

घरमा कोही पनि बसेकाले अन्य कुनै मानबिय तथा चौपायको क्षती भने हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीको जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । स्थानीयबासीहरुको सहयोगमा आगो राती ३:३० बजेपछि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । आगलागीबाट घर सहित घरमा रहेका सवै काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यता हिजो साँझ जिल्लाको अजिरकोट गाउँपालिका–३ मा निजी भीर पाखो जंगलमा आगो फैलिएर सामुदायिक बनमा पुगेपछि स्थानीयको सहयोगमा प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको छ । नजिकै रहेको एनटिसी र एनसेलको टावरमा आगोले क्षती पु¥याउनै लागेपछि प्रहरी चौकी भच्चेकबाट खटी गएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिनुभयो । सामुदायिक बनमा फैलिएको आगो करिव ६ घण्टापछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । समयमा आगो नियन्त्रणमा लिइएकाले टेलिफोन टावर क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.