ट्याक्टर दुर्घटनामा चालक र सहचालक दुबैको मृत्यु

गाेरखा संसार

फागुन २८, तनहुँ ।

तनहुँको बन्दिपुरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा उक्त ट्याक्टरका चालक र सहचालक दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार ७ च्याङली बस्ने २१ वर्षीय प्रेम कुमालको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
त्यस्तै उक्त ट्याक्टरका सहचालक बन्दिपुर गाउँपालिका ४ नयापुल बस्ने २२वर्षीय राजकुमार परियारको लक्ष्मि अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्दिपुर गाउँपालिका-५ कोरिका स्थित भित्री सडकखण्डमा बाउनभञ्ज्याङबाट कोरिका तर्फ जादै गरेको ग १ त ४८०८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

सडकबाट उक्त ट्याक्टर १५० मिटर तल बारीमा खसेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.