गोरखा संसार
फागुन २७, गोरखा ।
विश्वमा आतँक फैलाइरहेको कोरोना भाइरसका कारण जताततै परीक्षा तालिका परिवर्तन भइरहेको छ । त्यस्तै क्रममा गोरखाको पालुङ्टार नगरपालिका मा कक्षा ११ र १२ प्रि बोर्ड को परीक्षा चैत ६ गते सकिने गरी फागुन ३० गतेदेखि गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।
गत बर्ष परीक्षा सञ्चालनको जिम्मा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको संगठन हिस्टुनलाई जिम्मा दिइएको थियो ।
यस वर्ष भने शिक्षक महासंघलाई जिम्मा दिइएको छ ।
परीक्षा सञ्चालनको लागी महासंघले रमेश खडकाको संयोजकत्वमा परीक्षा सञ्चालन समिति गठन गरी परीक्षाको कार्यक्रम अघि बढाएको छ । परीक्षाको लागी प्रश्नपत्र निर्माण गर्ने लगायतका तयारीका काम भइरहेको परीक्षा समितिका संयोजक खडकाले बताउनुभयो ।
कुन परीक्षा कहिले त ? रुटिङ सहित
फागुन ३० बाट कक्षा ११ र १२ को परीक्षा, रुटिङ सहित
Facebook Comments Box