जीवन ज्योति मा.वि.को ५२ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

गोरखा संसार
फागुन २२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ मा अवस्थित जीवन ज्योति माध्यमिक विद्यालयको ५२औं बार्षिक उत्सव समारोह तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिकाका नगर प्रमुख दीपक बाबु कंडेलले शैक्षिक क्षेत्रमा देखिएका विकृति हरु हटाएर अघि बढन जरुरी रहेको बताउनुभयो । सोही क्रममा उहाँले आफू जनताको प्रतिनिधी भएको र गरीब निमुखा जनताको न्यायको लागी हरतरहले लडिरहने बताउनुभयो । त्यस्तै क्रममा सम्बृद्ध पालुङ्टारको लागी आफूले देखेको सपना पूरा गर्ने क्रममा अघि बढेको र आफ्नो तर्फबाट कुनै गल्ती भएमा कठघरामा उभिन तयार रहेको समेत बताउनुभयो । कुनै पनि बेला बुबा आमा र गुरुलाई सम्मान गर्न सकिएन भने शिक्षा आर्जन गरेको कुनै अर्थ नहुनेसमेत उहाँले बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक तारा बहादुर कुमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा पालुङ्टारका प्रतिनिधी माधव पोख्रेल, शिक्षकहरुका तर्फबाट रमेश खडका, विद्यार्थीका तर्फबाट विवेचना देवकोटा, शिक्षक अभिभावक संघका तर्फबाट कमल वि.क, विद्याय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मन बहादुर कुमाल, जनजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुराम देवकोटा, कार्यपालिका सदस्य सावित्रा वि.क., वडासदस्य देवीलाल कुमाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका अवसरमा बोल्दै शिक्षा शाखका प्रतिनिधी पोख्रेलले नगरपालिकाले शैक्षिक क्षेत्रसंग सम्बन्धित नियमावलीहरु समेत निर्माण गरी कार्यान्वयनको चरणमा अघि बढेको बताउनुभयो ।
विद्यालयका शिक्षक कुमार प्रसाद ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा करिब ९०० विद्यार्थीहरु अध्ययनरत छन । २०७२ को भूकम्पपछि विद्यालय भवन जीर्ण भएकोमा जापानी सहयोग निकाय जाइका को सहयोगमा सुविधासम्पन्न २४ कोठाका ३ वटा भवनहरु रहेका छन । विद्यार्थी संख्याको आधारमा दरबन्दी नहुँदा पठनपाठनमा कठिनाई हुँदै आएको विद्यालयका प्रधानाध्यापक पाण्डेले बताउनुभयो । सो विद्यालयमा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा पठन पाठन हुँदै आइरहेको छ भने गुणस्तर सुधारको लागी विद्यालयमा धेरै नयाँ कदमहरु अपनाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.