Gorkha Sansar

‘जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे’

‘जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे’ २४ भदौ, काठमाडौं ।
देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज जेनजी युवाहरूको नियन्त्रणमा पुगेको छ । आक्रोशित प्रदर्शनकारीहरूले मूल गेट तोडेर सिंहदरबारभित्र प्रवेश गरेका थिए ।

सिंहदरबारभित्र अहिले ठूलो संख्यामा युवा नाराबाजी गर्दै प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताविरुद्ध विरोधका स्वरमा आक्रोश पोखिरहेका छन् ।

स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत पछि हटेका छन् । सिंहदरबार माथि धुवाँको मुस्लो उडिरहेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका मन्त्रालय र विभागमा आगजनी गरिएको छ ।

सामाजिक सञ्जाल बन्द र सरकारी अव्यवस्थाविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि सोमबार प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो । त्यस क्रममा गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने मंगलबार कालिमाटीमा थप दुई जनाको ज्यान गएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.