व्यास नगरपालिका वडा नं -१३, बेलबास स्थायी बसोबास गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँका संयोजक एवं क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य विश्वनाथ वास्तोला र उहाँका भाइ लेखनाथ बास्तोलाले आफ्नो स्व. पिता ओमनाथ बास्तोलाको स्मृति र बयोवृद्ध माता गोमा बास्तोलाको सम्मानमा आदिकवि भानुभक्त क्याम्पसमा १ लाख १५ हजार ५ सय ५५ रूपैयाँको अक्षय छात्रवृत्ति कोषको स्थापना गर्नुभएको छ ।
कोषका संस्थापकद्वयले यस अघि ०७२ सालमा क्याम्पसलाई ५० हजार रुपैयाँ दान गर्नुभएको थियो भने विहिवार ६५ हजार ५ सय ५५ रुपैयाँ थप नगद दान गर्नुभएको थियो ।
कोषका संस्थापकद्वयले क्याम्पस कोषमा दान सहयोग गर्नुभएको दुवै रकमहरु मिलाएर हुन आउने जम्मा १ लाख १५ हजार ५ सय ५५ रूपैयाँलाई क्याम्पस अभिलेखमा अक्षय कोषमा रूपान्तरण गर्नुभएको छ।
वास्तोलाद्वयले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको ठूलो तप्का दुर्गम गाउँका र उच्च शिक्षामा पछाडि परेका वर्गका हुने गरेको र उनीहरूको अध्ययनमा थोरै भएपनि सहयोग पुर्याउनका लागि उक्त अक्षय कोषको स्थापना गरिएको बताउनुभएको थियो ।
क्याम्पसको अक्षयकोष सञ्चालन नीति बमोजिम उक्त अक्षय कोषलाई क्याम्पसले सञ्चालन गर्नेगरी नबिल बैंकको दमौली शाखामा मुद्दती खातामा राखिनेछ। सो अक्षय कोषको वार्षिक ब्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिमा वितरण गरिनेछ ।