Gorkha Sansar

छिम्केश्वरी महायज्ञका लागि ३ हजार १ सदस्यीय मूल समारोह समिति गठन, विभिन्न उपसमिति समेत गठन

आँबुखैरेनी । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई र बुढिदेवी मन्दिरको बृहत्तर क्षेत्र विकासका लागि हुन लागेको महायज्ञका लागि ३ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । शुक्रबार आँबुखैरेनीमा भएको एक भेलाले आयोजक छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो । समितिको महासचिवमा केशर बहादुर केसी र कोषाध्याक्षमा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडासदस्य एवं आँबुखैरेनी साँस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठलाई चयन गरिएको छ ।

भेलाले विभिन्न ४० वटा उपसमितिहरु समेत गठन गरिएको संयोजक कृष्णमान तामाङले जानकारी दिनुभयो । संयोजक तामाङका अनुसार मूल समारोह समितिका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति र आँबुखैरेनी गाउँपालिकाका पूर्व अध्यक्ष गिर बहादुर थापाको संयोजकत्वमा १०१ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ भने ५५ सदस्यीय सचिवालय समिति चयन गरिएको छ ।

यस्तै प्रवासका लागि अमेरिकामा रहनुभएका डा. दिपक के.सी.को संयोजकत्वमा प्रवास समन्वय समिति गठन गरिएको छ । जसमा हाललाई दिपक अधिकारी र डा.राम श्रेष्ठ अमेरिका, सानुकाजी थापा अष्ट्रेलिया, टक बहादुर गुरुङ दुवई लगायतलाई सदस्यको रुपमा राखिएको छ भने आवश्यकता अनुसार थप सदस्य पछि थपिने पनि संयोजक तामाङले जानकारी दिनुभयो ।

महायज्ञ यहि असोज १८ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी स्थित हाट बजारमा संचालन हुनेछ भने महायज्ञमा प्रमुख वाचकको रुपमा चर्चित पण्डित दिनबन्धु पोखरेल रहनेछ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.