Gorkha Sansar

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना, ज्ञापनपत्र बुझाइयो

काठमाडौं, १२ भदौ  । नेपाल शिक्षक महासंघले आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा दुई घण्टा धर्ना दिएको छ ।

धर्नापछि महासंघको टोलीले पार्टीका महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

यसअघि बुधबार महासंघले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिएको थियो भने शुक्रबार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

महासंघले हाल संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा विगतका सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलन सुरु गरेको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.