काठमाडौं, २ भदौ । विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यलाई दुई दिन समय दिइएको छ । सोमबार बसेको समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन वितरण गर्दै ५ भदौमा प्रतिवेदन पास गर्ने तयारी गरिएको हो ।
यसअघि १६३ दफा रहेको विधेयक अब १७४ दफासम्म पुगेको छ। शिक्षा मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीका लागि २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव प्रस्तुत गरेको छ । तर सांसदहरूले अनिवार्य शिक्षा ऐनअनुसार कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने अडान राखेपछि यसबारे सहमति भने जुट्न सकेको छैन ।
समितिले दुई दिनभित्र प्रतिवेदन अध्ययन गरेर ५ भदौमा छलफलपछि पारित गर्ने निर्णय गरेको छ ।