Gorkha Sansar

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

विराटनगर, २८ साउन । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय भोगिरहेका एक कैदी मंगलबार राति फरार भएका छन् ।

फरार हुनेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रुपक पौडेल खत्री रहेका छन् । जेलर सुवासकुमार लामिछानेका अनुसार उनी ‘बी’ ब्लकमा राखिएका थिए र कारागारको पर्खाल नाघेर भागेका हुन् ।

सामूहिक बलात्कार प्रकरणमा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८१ साउन २१ गतेदेखि झुम्का कारागारमा रहेका थिए ।

घटनाबारे छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.