Gorkha Sansar

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

धरान, २६ साउन (सुनसरी) ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

मृतकहरूको पहिचान खुल्न बाँकी छ घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो, र नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.