काठमाडौं, २४ साउन । कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । शुक्रबार राति धनगढी–४ का भरत चौधरीको मृत्यु हुनेगरी भएको झडपपछि परिस्थिती तनावपूर्ण बनेको हो ।
घाइतेहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनापछि कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएपछि सुरक्षा व्यवस्था अव्यवस्थित बनेको छ ।
यस घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन् । उनको सचिवालयका अनुसार, कारागारको अवस्था नियन्त्रणमा ल्याउन र आगामी सुरक्षा रणनीति तय गर्न बैठक बोलाइएको हो ।