Gorkha Sansar

चीनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा, ५० भन्दा बढी कम्पनीको चासो

चीन, शेन्जेन । दक्षिण चीनको शेन्जेनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा आएको छ । ‘शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनी’ द्वारा खोलिएको यो स्टोर आधुनिक रोबोट प्रविधिको नयाँ उदाहरणका रूपमा प्रस्तुत भएको छ।

स्टोरभित्र विभिन्न प्रकारका रोबोट उपकरणहरू उपलब्ध छन्, जसमा रोबोटिक मसाज मेशिनदेखि क्यापुचिनो बनाउने कफी रोबोटसम्म समावेश छन् ।

स्टोरको डिजाइन अटो डिलरशिपको शैलीमा गरिएको छ, जहाँ स्पेयर पार्ट्स, सेवा सुविधा र सर्वेक्षण सुविधा समेत प्रदान गरिएको छ ।

स्टोर उद्घाटन समारोहमा २६ वटा रोबोट कम्पनीहरूले स्टोरसँग सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै ५० ह्युमनॉइड तथा सेवा-आधारित रोबोट कम्पनीहरूले गहिरो चासो व्यक्त गरेका छन् ।

यो रोबोट स्टोरले विश्वभर रोबोट व्यवसाय र खुद्रा सेवा क्षेत्रमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.