Gorkha Sansar

१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक हुने भएको छ । हाल परीक्षा नियन्त्रण कार्यालयमा नतिजा प्रकाशनको अन्तिम तयारीसहित बैठक बसिरहेको छ ।

२१ वैशाखदेखि सञ्चालन भएको परीक्षामा करिब ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए । परीक्षाफल सार्वजनिकको तयारी भइरहेका बेला नतिजा कसरी हेर्ने भन्ने विषयमा परीक्षार्थी, अभिभावक तथा सरोकारवालाबीच जिज्ञासा बढिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा हेर्नका लागि विभिन्न माध्यम उपलब्ध छन्:

  • वेबसाइटमार्फत:
  • एसएमएसमार्फत:
    • मोबाइलको म्यासेज बक्समा गएर NEB <space> Symbol No. टाइप गरी १६०० मा पठाउनुहोस्।
  • आईभीआर सेवामार्फत:
    • नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा थाहा पाउन सकिन्छ।
  • यूएसएसडी सेवामार्फत:
    • मोबाइलबाट *१६०१# डायल गरी निर्देशनअनुसार जानकारी प्राप्त गर्न सकिन्छ।

विद्यार्थीहरूले नतिजा हेर्न सकिने माध्यमहरूमध्ये कुनै एक रोजी सहज रूपमा परीक्षाफल थाहा पाउन सक्नेछन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.