Gorkha Sansar

अर्घाखाँचीमा ११४ मिमी, दाङ, रुपन्देही र नवलपरासीमा पनि भारी वर्षा; नदी आसपास सतर्कता अपनाउन आग्रह

 काठमाडौं, १९ साउन । देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा लगातार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मध्यमदेखि धेरै भारी वर्षा मापन गरिएको छ।

अर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा मापन भएको विभागले जनाएको छ, जहाँ ११४ मिलिमिटरभन्दा बढी पानी परेको छ। त्यसैगरी, दाङमा १०२.४ मिमी, रुपन्देहीमा १०१.८ मिमी र नवलपरासीमा १०२ मिमीभन्दा बढी वर्षा भएको छ। मौसम विज्ञानको मापदण्डअनुसार १०० देखि २०० मिमी वर्षा भएको अवस्थामा ‘धेरै भारी वर्षा’ मानिन्छ।

लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा मापन गरिएको छ, जहाँ ९० मिमी आसपास वर्षा भएको छ। ५० देखि १०० मिमी वर्षा हुनुलाई ‘भारी वर्षा’ को श्रेणीमा राखिन्छ।

आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा अत्यधिक वर्षा भइरहेको जानकारी दिइएको छ । ती क्षेत्रमा वर्षा अझै जारी छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर मौसम बदली रहनेछ र धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

लगातारको वर्षाले केही ठाउँमा नदीहरूमा जलसतह बढेको छ । तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.