Gorkha Sansar

बालुवाटारमा सत्ता साझेदारीबारे कांग्रेस–एमाले बैठक

काठमाडौं, १५ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयले दुई दलबीचको छलफल सुरु भएको पुष्टि गरेको हो ।

बैठक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका केही मन्त्रीहरूसहित कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मन्त्रीहरू हेरफेर गर्ने तयारी गरिरहेका बेला सुरु भएको हो ।

स्रोतका अनुसार, बैठकमा सरकारको पुनर्संरचना, मन्त्रिपरिषद् हेरफेर, र सत्ता साझेदारीको समीकरणबारे गम्भीर छलफल हुने सम्भावना छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.