काठमाडौं १२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ ।
भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खबर गरेका हुन् । प्रहरीका अनुसार हराएका सबै व्यक्ति उर्मिला हायुको परिवारका सदस्य हुन् ।
घटना रहस्यमय भएकाले अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ । हाल खोजी कार्य जारी रहेको र आवश्यक अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सूचना प्राप्त भएपछि प्रहरी टोली तुरुन्तै उर्मिला हायुको घरमा पुगेको थियो ।
घटनाबारे सूचना पाउने बित्तिकै प्रहरी टोली हायुको घरमा पुगिसकेको छ । घरमा सामान्य क्षति देखिएको छ। हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएका छन् । तर, घरमा परिवारका कुनै पनि सदस्य फेला परेका छैनन् ।”