Gorkha Sansar

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल सुरु

३ साउन, काठमाडौं

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’मा शीर्ष तहमा सहमति नजुटेकाले ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल अगाडि बढाउने निर्णय गरेको छ।

यो विधेयक १३ वैशाख २०८१ मा दर्ता भई २८ माघ २०८१ मा राष्ट्रिय सभाबाट पारित भइसकेको हो। मिडिया काउन्सिल विधेयकले स्वनियमन प्रवर्द्धन गर्दै स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिता विकास गर्न कानूनी व्यवस्था गर्ने लक्ष्य राखेको छ।

समितिको बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.