Gorkha Sansar

नसर्ने रोगसम्बन्धी स्क्रिनिङ कार्यक्रममा एकै दिनमा करिब साढे ५०० सेवाग्राहीले लिए सेवा

“जनतासँग गण्डकी प्रदेश सरकार” भन्ने मूल मर्म का साथ गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ८ स्थित धुवाकोट स्वास्थ्य चौकीमा आज सम्पन्न भएको नसर्ने रोगहरूको बृहत स्क्रिनिङ कार्यक्रम मा करिब सांढे ५०० सेवाग्राहीहरुले सेवा लिएका छन्।।
शिविरमा रगत र पिसाबबाट नसर्ने रोगहरू रक्तनलीको रोग, उच्च रक्तचाप, बोसो, कलेजो, मृगौलाको रोग लगायतका जाँच गरिएको धुवाकोट स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण बाबु श्रेष्ठले जानकारी दिनुभयो ! सबै जाँच गरिएका को रिपोर्ट आगामी असार १६ गते दिइने पनि जनाइएको छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रम पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको थियो।
शिविरमा पालुङटार नगरपालिका वडा नम्बर ६,७ र ८ का गरी कुल ५२५ जना सेवाग्राहीहरूले सेवा लिएका थिए।
प्रादेशिक स्वास्थ्य निर्देशनालय का महानिर्देशक खिम बहादुर खड्का, प्रदेश नीति तथा योजना आयोग का उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा पालुङटार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री होप बहादुर नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो। सो अवसरमा धुवाकोट स्वास्थ्य चौकी निर्माणका क्रममा जग्गा प्रदान गर्ने जग्गादाताहरु भूमिनन्द काराखेती, लक्ष्मी रावल तथा लामो समयसम्म स्वास्थ्य चौकीका लागि योगदान गर्नुभएका व्यक्तित्वहरू कृष्ण राज पाठक, बुधमाया काराखेती, शान्तमाया ओली लगायतकालाई सम्मान समेत गरिएको थियो।

रोग लागे पछि उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम उपाय हो,रोगलाई  अग्रिम पहिचान गरी उपचारको दायरामा ल्याउने र जनताको जिवन रक्षा गर्ने राज्यको कर्तब्य भित्र पर्ने भएकोले, गण्डकी  प्रदेश सरकारले विभिन्न प्रकारका खोज पड्ताल तथा स्क्रिनिङ जस्ता कार्यकम हरु संचालन गरिरहेको गण्डकी प्रदेशका भरत भुसालले जानकारी दिनुभयो !

गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय को आयोजना र पालुङटार नगरपालिका गोर्खाको सहकार्यमा सञ्चालन भएको उक्त स्क्रिनिङ शिविर कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी, प्रदेश अस्पताल गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा र प्रदेश आयुर्वेद चिकित्सालाई गोरखाको समन्वय रहेको थियो!

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.