Gorkha Sansar

पालुङ्टार नगरपालिकाद्वारा ८४ करोड ६१ लाख १३ हजारको बजेट सार्वजनिक

पालुङटार, गोरखा ।

गोरखाको पालुङ्टार नगरपालिकाले असार ७ गतेका दिन नगरसभामार्फत् आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उप-प्रमुख बन्दना पाण्डेका अनुसार सार्वजनिक बजेट कूल रु. ८४ करोड ६१ लाख १३ हजार बराबरको रहेको छ । १७औँ नगरसभामा प्रस्तुत बजेटमा  आर्थिक समृद्धि, पूर्वाधार विकास, सामाजिक समावेशीकरण र सेवा प्रवाह सुधारलाई केन्द्रमा राखिएको छ ।

बजेटको स्रोत विवरण
• संघीय सरकारबाट: रु. ७२.९४ करोड
• प्रदेश सरकारबाट: रु. ४.६२ करोड
• नगरपालिकाको आन्तरिक आय: रु. ६.६० करोड
• सडक बोर्ड नेपालबाट: रु. ४५ लाख

महत्वाकांक्षी योजना र ठूला बजेट शीर्षकहरू

शिक्षा क्षेत्रलाई ऐतिहासिक प्राथमिकता: रु. ३०.६३ करोड

  • दिवा खाजा कार्यक्रमबाट ‘Junk Food’ प्रतिबन्ध, स्थानीय पोषणयुक्त खाना
    • Friday for Future अन्तर्गत प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप
    • दुर्गम बस्तीका बालबालिकाका लागि छात्रावास वा यातायातको व्यवस्था
    • प्राविधिक शिक्षा लिने विपन्न विद्यार्थीलाई छात्रवृत्ति
    • छात्रवृत्तिदेखि नगरस्तरीय परीक्षा र सामूहिक दुर्घटना बीमासम्मको व्यवस्था

भौतिक पूर्वाधार विकासमा: रु. ९ करोड ७० लाखभन्दा बढी
• नगर गौरव योजना अन्तर्गत विरुवाटार–गाईफार्म सडक: रु. १.७० करोड
• राधाकृष्ण ठाँटीपोखरी सडक: रु. ७० लाख, समीफेद–डुम्रेडाँडा सडक: रु. ६० लाख
• लुइटेल–ओप्री–कालामाटा सडकको स्तरोन्नति (संघीय साझेदारी): रु. ६.७० करोड
• ३ पाङ्ग्रे सवारी सञ्चालनको व्यवस्था

कृषि र पशुपालनमा आत्मनिर्भरता: रु. १.२५ करोड
• कृषि एम्बुलेन्स, शीत भण्डारण, संकलन केन्द्र, हाटबजार सञ्चालन
• भूमि बैंक स्थापना गरी बाँझो जमिन उपयोग
• रैथाने बाली प्रवर्द्धन, अमिलो जातका फलफूल, मकै प्रोत्साहन
• पशुसेवा नि:शुल्क, फार्म दर्तामा ५०% छुट

स्वास्थ्यमा गुणस्तर वृद्धि: रु. १ करोडभन्दा बढी

  • गाईखुर स्वास्थ्य चौकीलाई भोटेकाटेमा स्तरोन्नति गरी मेडिकल अधिकृतसहित सेवा
    • ९८ प्रकारका औषधि नि:शुल्क
    • मानसिक स्वास्थ्यका लागि ध्यान/योग कार्यक्रम
    • निशुल्क शव वाहन, घुम्ती विशेषज्ञ सेवा, ग्रामिण अल्ट्रासाउण्ड
    • सुत्केरी पोषण कार्यक्रम, स्वास्थ्य स्वयंसेविका प्रोत्साहन: रु. ३८.९० लाख

पर्यटन प्रवर्द्धनमा: रु. ३ करोड ६१ लाख
• शहिद स्मृति पार्क निर्माण: रु. २.१७ करोड
• चेपेघाट–लिगलिगकोट–तातोपानी पदमार्ग: रु. १.२० करोड
• पर्यटकीय स्थल विकास र प्रचारप्रसार

सामाजिक समावेशीकरण र सशक्तिकरण
• महिला, अपाङ्ग, दलित, जेष्ठ नागरिक लक्षित कार्यक्रम
• ‘अहिलेका युवा संग उहिलेका कुरा’ अन्तर्गत Senior Citizen Club स्थापना
• महिला सशक्तिकरणका लागि सिपमूलक तालिम र कोशेली घर स्थापना
• गरिब बिरामीलाई उपचार सहयोग, प्रसूति सेवामा भान्छाघर सेवा

राजस्व सुधार र छुट योजना
• १० शीर्षकमा सेवा शुल्क पूर्ण छुट, करदाताका लागि प्रोत्साहन
• पशुसेवासम्बन्धी सबै सेवा निःशुल्क
• कृषि उपजमा लाग्ने निकासी कर खारेज

सह-लगानी कार्यक्रम: रु. ५० लाख
• सडक, भवन, सिँचाइ योजनामा समुदायबाट न्यूनतम ३०–५०% लगानी
• First Come First Serve आधारमा सहकार्य

न्यायिक समिति सशक्तिकरण
• मेलमिलापमैत्री विवाद समाधान
• नि:शुल्क कानुनी परामर्श र हिंसा निवारण कोषको निरन्तरता

“समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान” भन्ने नारालाई सार्थक बनाउने लक्ष्यका साथ बजेट प्रस्तुत गरिएको नगर उपप्रमुख पाण्डेले बताउनुभयो ।

नगर पालिकाको सभाहलमा प्रस्तुत गरिएको बजेट सभामा नगरसभाका सदस्यहरूका साथै सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.