Gorkha Sansar

पालुङ्टार नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिताको उपाधि धर्मोदय मा.वि.लाई

पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको आयोजनामा र पालुङटार नगरपालिका वडा नम्बर ७ को प्रायोजनमा प्रथम वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिताको उपाधि धर्मोदय माध्यमिक विद्यालय हात पारेको छ l

आज असार ७ गते सम्पन्न भएको खेलमा धर्मदय माध्यमिक विद्यालयले मिर्कोट माध्यमिक विद्यालयलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो। प्रथम स्थान हासिल गरेसँगै धर्मोदयले एक खसीसहित मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता   मदने डाँडा माध्यमिक विद्यालयले एक बोकासहित मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको थियो ।

यस्तैगरी आयोजक जीवनज्योति माध्यमिक विद्यालयले अन्नपूर्ण माध्यमिक विद्यालयलाई हराउँदै तृतीय स्थान हासिल गरी एक बोका मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तैगरी खेल अवधि भरमा उत्कृष्ट खेल प्रदर्शन गरी सर्वोत्कृष्ट खेलाडी बन्न सफल धर्मोदय माध्यमिक विद्यालयका शिक्षक प्रदीप पाण्डेलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगरपालिकाभित्रका ८ विद्यालयका नौ टिमको सहभागिता रहेको खेलको उद्घाटन सत्रका क्रममा विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन डाक्टर रविन्द्र कडेलले गर्नुभएको थियो। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर कुमालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समापनको अवसरमा खेल संयोजक रमेश खड्का विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकालले विजेता विद्यालयका समूहहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.