१७ बैशाख २०८२
नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले सार्वजनिक गरेको सूचिअनुसार वर्ष उत्कृष्ट पुरुष खेलाडी विधामा भलिबलका विश्वास अधिकारी, टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा परका छन् ।
वर्ष उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा भलिबलकी अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र फेन्सिङकी कृपा गुरुङ गरेकी छन् । वर्ष खेलाडी पुरुष र महिला हुने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।
उदीयमान खेलाडीको विधामा एथलेटिक्सका बादल कार्की, भलिबलका जितबहादुर सार्की र क्रिकेटकी रचना चौधरी परेका छन् । उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, भलिबलका रमेश केसी र फुटबलका राजेन्द्र तामाङ उत्कृष्ट ३ मा परेका छन् ।
वैशाख २६ गते पोखरा बुलौदीस्थित इभेन्ट सेन्टरमा आयोजना हुने स्पोट्र्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केही समय पछि सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।
वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउनेछन् २०५७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन्
