ओम बहादुर कुमाल/दमाम
साउदी : साउदी अरबमा नेपालीहरु को आयोजनामा निरन्तर खेलकुद गतिविधि बढ्न क्रममा जारी संगै तेस्रो दमाम च्याम्पियन कप २०२५ आयोजना हुने भएको छ।
खेलकुद गतिविधिले साउदी अरबमा कार्यरत नेपाली समुदायबीच एक आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५” आयोजना हुने भएको हो।

युनाइटेड नेपाल फुटबल क्लब दमाम ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताए।
आयोजकका अनुसार प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा हुनेछ। प्रतियोगिताको तयारी सम्पुर्ण अन्तिम चरणमा पुगेको शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलन बाट जानकारी दिएको छ।
सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दै प्रतियोगिताका विजेता तथा अन्य विभिन्न उत्कृष्ट विधाका खेलाडीहरू लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।
आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार, प्रतियोगिताको विजेता टिमले नगद ७ हजार ७ सय ७७ साउदी रियाल ( दुई लाख असि हजार) नेपाली रुपैंया नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। भने उपविजेता टिमले ४ हजार ४ सय ४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्ने छन्। प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याच को समेत व्यवस्था रहेको छ।