भानुमा आगामी बैशाख २५ देखि २७ गतेसम्म मेयर उपमेयर खेलकूल प्रतियोगिता हुने, क्लबहरुलाई सुचिकरण हुन आह्वान


बैशाख ९, भानु
तनहुँकाे भानु नगरपालिकामा आगामी बैशाख २५ देखि २७ गतेसम्म मेयर उपमेयर खेलकूल प्रतियोगिता संचालन हुने भएकाे छ ।
भानु नगरस्तरीय खेलकुद विकास समितिको साेमबारकाे बैठकले भानु २ काे गाेठेरी खेलमैदानमा उक्त प्रतियोगिता गर्ने निर्णय गरेकाे हाे । समितिका अध्यक्ष एवं भानु ३ का वडाध्यक्ष तुलकुमार गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको पनि उपस्थिति रहेको थियो । बैठकले भर्खरै सम्पन्न भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समीक्षा गर्नुका साथै आव २०८१।०८२ मा सञ्चालन हुने मेयर उपमेयर कप खेलकुद प्रतियोगिता यहि मिति २०८२ बैशाख २५ देखि २७ गतेसम्म भानु २ स्थित गोठेरी खेलमैदानमा सञ्चालन गर्ने र उक्त प्रतियोगितामा फुटवल र भलिबल गरी दुईवटा इभेन्ट सञ्चालन गर्ने निर्णय गरेकाे शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख नगर शिक्षा अधिकारी ध्रुवराज पाैडेलले जानकारी दिनुभयाे ।
नगरस्तरीय खेलकुद प्रतियोगितालाई योजनाबद्ध, व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गराउनका लागि भानु नगरपालिकाका सबै वडामा रहेका युवाक्लबहरुलाई आफ्नो वार्षिक खेलकुदका कार्यक्रमहरु सहित यहि मिति २०८२ जेठ १५ गतेभित्र भानु नगरपालिकामा सूचीकृत हुन आह्वान गर्ने र सबै क्लबहरुको वार्षिक कार्यक्रम र भानु नगरपालिकाका विभिन्न खेल कार्यक्रमहरुलाई एकीकृत गरी भानु नगरस्तरीय खेलकुद क्यालेण्डर निर्माण गर्ने बैठकले निर्णय समेत गरेकाे छ ।
बैठकले भानु नगरस्तरीय खेलकुद विकास समितिमा रिक्त रहेकाे स्थानमा नयाँ सदस्य पठाउन वडा समितिलाई र मनोनित गर्न नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गर्नुका साथै चालु आव २०८१।०८२ को जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता यहि मिति २०८२ बैशाख २५ देखि २७ गतेसम्म हुने मेयर उपमेयर कप सँगसंगै सञ्चालन गर्ने र यस प्रतियोगितामा भलिबल (महिला र पुरुष) खेललाई समावेश गर्ने र मेयर कपको व्यवस्थापकीय तयारीका लागि आगामी खेलकुद विकास समितिको बैठक यहि बैशाख १९ गते बस्ने निर्णय गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.