न्दिपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित
बैशााख ६ , तनहुँ
तनहुँकाे बन्दिपुरमा संचालित बन्दिपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित हुनु भएकाे छ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाको अवसरमा शनिबार उद्यमशीलता विकासका लागि सशक्त रुपमा कलम चलाए बापत उहाँहरुको उचित मूल्याङकन गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य डा. स्वर्णिम वाग्ले, गण्डकी प्रदेश नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतका अतिथीहरुले जनही पुरस्कार राशी ५१ हजार रुपैयासहित र दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं रेडियो बन्दिपपुरका स्टेसन म्यानेजर डिपिि अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र जनचाहना न्यूज डट कमका कार्यकारी सम्पादक एस बि नेपाली सम्मानित हुनु भएकाे हाे ।
कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तीन जना पत्रकार छनोट गरि संचालक समिति समक्ष सिफारिस गरेको थियो ।
