तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा यही २९ गते बिहीबार साँझ कन्सर्ट हुने भएको छ । पछिल्लो समय निकै चर्चित र हजारौं दर्शकको राेजाइमा पर्न सफल ब्ल्याकफेदर ( blackfeather ) काे कन्सर्ट हुने महाेत्सवका कलाकार सँयाेजक सुनिल श्रेष्ठले बताए । युवाहरूको चाहनालाई ध्यानमा राखी चर्चित blackfeather कन्सर्ट राखिएको संयाेजक श्रेष्ठले जानकारी दिए । हरेक दिन राष्ट्रिय कलाकार ल्याइ दर्शककाे मन जित्दै आएकाे महाेत्सवमा खासगरी युवा पुस्तालाई ध्यानमा राखी कन्सर्ट थप राखिएको हाे । यस्तै महाेत्सवमा फरक अनुभवकाे आनन्द दिन सुनामी पिङ राखिएको छ । सुनामी खेल खेल्न पहिलो दिनमै दर्शकको ठुलो भीड लागेको थियो । यस्तै महाेत्सवमा डुङ्गा चढ्न पाइने व्यवस्था मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खाेलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्न पाइने भए पछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूकाे लागि राखिएको छ ।
महाेत्सवमा आज चर्चित गायक रमेशराज भट्टराई , रेनुका भट्टराई , सुभाष गुरुङ , सीता विसी लगायतका कलाकारहरूले मनाेरञ्जन दिएका छन् । यस्तै महाेत्सवमा खुला दाेहाेरी प्रतियोगिता समेत भइरहेको छ । महाेत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । यस्तै आयाेजकले महाेत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महाेत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयाेजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हाे । यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।
यस्तै महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिकाे सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएकाे छ । दर्शकहरूकाे सेवा सुविधालाई ध्यानमा राखी सिम फ्री मा दिन थालिएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । यस्तै महाेत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महाेत्सवकाे टिकटमा बन्दिपुर केवलकार जान ३५% छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकाे छ ।
व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

