नवौं बागेश्वरी कप खुल्ला पुरुष भलिबल प्रतियोगिता चैतको पहिलो साता हुने
२०८१ फागुन १९ गते
तनहुँ । बन्दीपुर गाउँपालिका वडा न:६ काफलस्वँरामा नवौं बागेश्वरी कप २०८१ अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता बागेश्वरी युवा क्लबको आयोजनामा आगामी चैत १ गतेदेखि ४ गते सम्म हुन लागेको हो ।
प्रतियोगितामा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिम लाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। नगदमा प्रथम पुरस्कार रु. ३३ हजार ३ सय ३३, दोस्रो पुरस्कार रु. २२ हजार २ सय २२ , तेस्रो पुरस्कार रु. ११ हजार १सय ११ र सान्त्वना पुरस्कार रु ५ हजार ५ सय ५५ रहेको छ । यस्तै उत्कृष्ट खेलाडी अन्तर्गत उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही रु १ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु १ हजार ५ सय व्यवस्था गरिएको छ । साथै पुरस्कृत हुने सबैलाई नगदमा साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता बन्दीपुर गाउँपालिका वडा न: ६ काफलस्वँरा खेलमैदानमा हुनेछ । फागुन २७, २८ र २९ गते टीम दर्ता गर्न सकिन्छ भने दर्ता शुल्क ३००० रुपैयाँ तोकिएको छ।
खेलाडीहरूले आफ्नो टिम फोनबाट पनि दर्ता गर्न ९८४१८२४८३८ वा ९८२३९९६४८४ मा सम्पर्क ग सकिने क्लबका अध्यक्ष नबिन गुरुङले बताए।
