३फागुन,काठमाडौं :नेपाल जस्तो विकासशील राष्ट्रको आर्थिक विकासको स्पष्ट मार्गचित्र पहिल्याउने उद्देश्यले अर्थविद् डाक्टर शेरजंग बहादुर चन्दद्वारा लिखित पुस्तक “KEYS OF HOW TO DEVELOP NEPAL” सार्वजनिक भएको छ। इन्दिगो इन्क द्वारा प्रकाशित उक्त पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने आवश्यक रणनीति, नीति र उपायहरु सरल रूपमा लेखिएको छ।
पुस्तकमा नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरण कसरी सम्भव छ भन्नेकुरा समेटिएको छ। त्यसैगरी सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारहरूमा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने कुराहरु पुस्तकमा समावेश गरिएको पनि लेखक डाक्टर शेरजङ्ग बहादुर चन्दले बताए।
पुस्तकमा समेटिएका प्रमुख विषयहरुमा उद्योग र व्यापारको प्रवर्द्धन,नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय
,सरकारी तथा निजी क्षेत्रको सहकार्य,स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिका उपाय रहेको छ। त्यस्तै पर्यटन क्षेत्रको विकासमा केन्द्रित रहेर नेपाललाई प्रमुख पर्यटन गन्तव्य बनाउन सकिने रणनीति र यसका लागि पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धन नीति समेटिएको छ। त्यस्तैगरी स्थानीय समुदायको संलग्नता र फाइदा,वैदेशिक लगानीको आकर्षण,लगानीमैत्री नीति तथा कानुनी सुधार आवश्यकताहरूसमेटिएको लेखक चन्दले बताए।पुस्तकमा नेपालमा प्रत्यक्ष विदेशी लगानी एफडिआई (FDI) भित्र्याउने रणनीति,नेपालका सम्भावित क्षेत्रहरूमा लगानी अवसरबारे लेखिएको छ। त्यस्तैगरी भौतिक संरचनाको विकास
यसका लागी सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकासकसरी गर्न सकिन्छ भन्दै पूर्वाधार निर्माणमा सार्वजनिक-निजी साझेदारी (PPP) को भूमिका,
प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति समेटिएको पनि लेखक चन्दले बताए।
त्यस्तै सञ्चार तथा प्रविधिलाई समेटेर डिजिटल नेपाल अभियान तथा प्रविधिमा लगानी,इन्टरनेट तथा दूरसञ्चार पूर्वाधारको विस्तार तथा प्रविधिमा नवाचार तथा स्टार्टअप संस्कृति विकास समेटिएको छ। त्यसैगरी सहरी तथा ग्रामीण विकास योजना,सहरीकरणको सन्तुलित व्यवस्थापन, गाउँ तथा शहरको आर्थिक अन्तर घटाउने उपायहरु ,प्रभावकारी आवास तथा यातायात नीतिबारे लेखिएको छ। त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार कसरी गर्न सकिन्छ भन्दै गुणस्तरीय तथा व्यावसायिक शिक्षा प्रणालीको विकास,स्वास्थ्य सेवा पहुँचमा सुधार तथा आधुनिक स्वास्थ्य पूर्वाधार विकास ,प्रविधिमा आधारित शिक्षा तथा स्वास्थ्य सेवाबारे लेखिएको छ।पुस्तकमा नवाचार तथा प्रविधिको भूमिका,अनुसन्धान तथा प्रविधि विकासका लागि नीति
,नवीन सोचको प्रवर्द्धन तथा कार्यान्वयन रणनीति
तथा स्टार्टअप तथा प्रविधि-आधारित व्यवसायको प्रवर्द्धनमा जोड दिइएको छ।
यसैगरी उक्त पुस्तकमा वैदेशिक व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्ध,व्यापार घाटा कम गर्ने उपायहरु,नेपालका निर्यातयोग्य वस्तु तथा सेवा प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय व्यापार सन्धिहरूको लाभ उठाउने रणनीतिका बारे जानकारि दिइएको छ। यस्तैगरी
अन्य राष्ट्रहरूबाट सिक्न सकिने पाठहरू,विश्वका सफल अर्थतन्त्रहरूको अध्ययन तथा दक्षिण कोरिया, सिंगापुर, चीन तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने नीतिहरूसमेटिएको लेखक चन्दले बताए।
उक्त पुस्तक नेपालका लागि नीति निर्माताहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका लगानीकर्ता, अनुसन्धानकर्ताहरू, विद्यार्थी तथा समग्र रूपमा नेपाललाई समृद्ध बनाउन चाहने सबै पाठकका लागि उपयोगी रहेको छ। नेपालको आर्थिक विकासमा ठोस कदम चाल्न आवश्यक पर्ने सूचनाहरू यस पुस्तकमा समेटिएकोे हुँदा यस पुस्तकले नेपालकोे दीर्घकालीन विकासको मार्ग प्रशस्त गर्न कोशेढुंगा सावित हुने लेखक चन्दले बताए।
नेपालको आर्थिक नीति तथा समग्र विकास रणनीतिहरूमा विशेष अध्ययन गरेका लेखक शेरजंग बहादुर चन्द एक अनुभवी अर्थविद् हुन्। चन्दको अनुभव तथा विश्लेषणको मिश्रणले भरिएको यस पुस्तक नेपालकोे विकासका लागि मार्गदर्शक बन्दै एक महत्पूर्ण दस्तावेज हुने बिश्वास गरिएको छ।
पुस्तक इन्दिगो इन्कबाट प्रकाशित भइसकेको छ र पाठकहरूले यसलाई देशभरका प्रमुख पुस्तक पसलहरू तथा अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन्।
