जनमुखी उपभोक्ता सहकारीको पाँचौं वा वार्षिक साधारण सभा सम्पन्न

पालुङटार माघ १८ गते

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा कार्यक्षेत्र बनाई काम गरिरहेको जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

गोरखा जिल्ला उपभोक्ता सहकारी सङ्घका सल्लाहकार एवं पालुङ्टार नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रिखीराज धौरालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि धौरालीले यस सहकारीले गरिब निमुखा किसानहरूको लागि महत्वपूर्ण योगदान दिन सक्ने भएको हुँदा इमान्दारिता साथ काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ! सोही अवसरमा बोल्दै उहाँले यस सहकारीले मलको डिपोको लागि पहल गर्दै किसानमुखी योजनाहरू ल्याउनुपर्ने बताउनुभएको थियो। सोही अवसरमा विशेष अतिथिको रुपमा बोल्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमालले यस सहकारीलाई माथि उकास्नको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो। संस्थाका अध्यक्ष मनबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा कार्यसमितिका सदस्य ओम प्रकाश गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। भने कोषाध्यक्ष कमल बहादुर गुरुङले आर्थिक प्रतिवेदन र अध्यक्ष मनबहादुर कुमालले संस्थाको प्रगति प्रतिवेदन एवं भावी योजनाहरूका बारेमा जानकारी गराउनुभएको थियो।

सहकारीकी सचिव भावना कुमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि धौराली, विशेष अतिथि पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल र हालसालै पीएचडी अध्ययन पूरा गर्नुभएका संस्थाका सेयर सदस्य डाक्टर रविन्द्र कडेल लाई सम्मान समेत गरिएको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.