पालुङटार ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा सम्पन्न दुई दिने शिविरबाट करिब ८०० व्यक्ति प्रत्यक्ष लाभान्वित

डा.रबिन्द कंडेल

पौष १५ गते, गोरखा/

गोर्खाको पालुङ्टार नगरपालिका वडा नं ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा पौष १३ र १४ गते सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर बाट करिब ८०० जना प्रत्यक्ष लाभान्वित बनेका छन्।
पौष १३ गतेका दिन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षका वडा अध्यक्ष अर्जुन बहादुर कुमालको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रम १४ गते दिउँसो आयोजक लायन्स क्लबअफ काठमाडौँ दीपसेवा ३२५ जे का डिस्ट्रिक्ट चेयरप्सन अनिल भण्डारीको अध्यक्षतामा समापन गरिएको थियो।
समापन समारोह मा प्रमुख अतिथिको रुपमा रहनुहुने 325J को डिस्ट्रिक्ट गवर्नर मिलन थापा ले यो बृहत निःशुल्क स्वास्थ्य शिविरबाट आफू अत्यन्तै प्रभावित भएको र पालुङटार मा अन्य योजनाहरु ल्याउन आफू उत्सुक रहेको बताउनुभयो त्यस्तैगरी आफू सफल महिला गभर्नर को रुपमा रहेकाले धेरै सहयोग गर्न सक्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। समापन समारोहमा विशिष्ट अतिथिको रुपमा पालुङ्टार नगरपालिकाका नगर प्रमुख श्री विवश चिन्तन ले नगरपालिकाभित्र कुनै पनि प्रोजेक्टहरू ल्याउनको लागि आफूले सक्दो पहल गर्ने र लायन्स जस्ता संस्थाहरुसँग समन्वय गर्नको लागि जुनसुकै बेला पनि तत्पर रहेको कुरा बताउनु भएको थियो । नगरपालिकामा सीमित बजेट रहने भएकाले आवश्यकीय ठाउँमा पर्याप्त रुपमा काम गर्न नसकेको कुरा स्वीकार गर्दै उहाँले यस्ता संस्थाहरुसँग सहकार्य गरी अघि बढ्न कुनै पनि कसुर बाँकी नराख्ने समेत बताउनुभएको थियो । सोही अवसरमा उपप्रमुख बन्दना पाण्डे यस कार्यक्रमले अत्यन्तै सफलता हासिल गरेको बताउँदै आयोजकप्रति आभार एवं धन्यवाद व्यक्त गर्नुभएको थियो।

विशेष अतिथिको रुपमा यो कार्यक्रमको सहआयोजकको भूमिका निर्वाह गर्नुहुने च्याङ्ली गोर्खा काठमाडौँ सम्पर्क समाजका अध्यक्ष श्री मोती कुमार श्रेष्ठ ले कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
शिविर कार्यक्रम बाट करिब ८०० जना सेवाग्राहीहरुले प्रत्यक्ष सेवा लिएका थिए , सेवा लिएका मध्ये ५ जनाको भिआइए पोजिटिभ आएको र ६२ जनाको मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने समस्या देखा परेको कार्यक्रम सञ्चालक समेत रहनुभएका च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभयो। त्यस्तैगरी दाँतहरूको समस्या भएको र काम नलाग्ने दाँत निकाल्ने कार्य का साथै आँखामा फोहोर तथा सिसाका टुक्रा फलामका टुक्राहरू रहेको समेत पाइएकोले ती टुक्राहरू निकाल्ने कार्य सफल ढङ्गले भएको बताइएको छ।
निशुल्क स्वास्थ्य शिविरबाट पालुङटार नगरपालिका वडा नम्बर ७,वडा नं ६ र ८ तथा बन्दीपुर गाउँपालिकाका केही भागका नागरिकहरुले पनि सेवा लिएका थिए ।
शिविरमा काठमाडौँका विभिन्न अस्पतालहरूमा काम गर्नुभएका वरिष्ठ विशेषज्ञ डाक्टरहरूले स्त्रीरोग, दन्तरोग, अर्थोपेडिक लगायतका सेवा प्रदान गरिएको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.