Gorkha Sansar

जन्मदिनको अवसरमा प्रधानाध्यापकद्वारा विद्यालयलाई २५ वटा गमला उपहार

पौष ९ गते गोर्खा
गोर्खाको पालुङ्टार नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापकले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई २५ वटा गमला हस्तान्तरण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक प्रेम कोइरालाले आज पौष ९ गते का दिन आफ्नो जन्मदिन को अवसर पारेर आफूले अध्यापन गर्ने विद्यालयका लागि फुल रोप्ने गमला प्रदान गर्नुभएको हो।
जन्मदिनको अवसरमा विभिन्न प्रकारका फजुल खर्चहरू गर्ने क्रम बढ्दै गइरहेको परिवेशमा उहाँले यस्तो रचनात्मक काम गर्नुभएको हो। विभिन्न अवसरमा अनावश्यक रूपमा फजुल खर्च गर्नुभन्दा केही रचनात्मक काम गर्दा समाजलाई फाइदा हुने कारणले गर्दा आफूले यस्तो कार्य गरेको प्रधानाध्यापक कोइरालाले बताउनुभयो। पौष ९ गतेका दिन विद्यालयको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन को अवसर समेत पारेर उहाँले उक्त गमलाहरू शिक्षक अभिभावक संघका अध्यक्ष श्यामकाजी खत्रीलाई हस्तान्तरण गरेको पनि बताउनुभयो।
हरेक राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने सोचका साथ आफूले विद्यालयलाई सानो सहयोग गरेको उहाँले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.